site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय पूर्वक्रिकेटर देविका नेपाली महिला क्रिकेट टिमको सल्लाहकार प्रशिक्षक

काठमाडौं । भारतकी देविका दीलिप पल्सिकार नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको सल्लाहकार प्रशिक्षकमा नियुक्त भएकी छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार सामाजिक सञ्जालमार्फत पल्सिकार नेपाली महिला टिमको सल्लाहकारको भूमिकामा रहने जनाएको हो । क्यानले उनलाई महिला विश्वकप छनोटको तयारीका लागि सहायक प्रशिक्षकको भूमिकामा ल्याएको हो ।

भारतीय राष्ट्रिय महिला टिमकी पूर्वसदस्यसमेत रहेकी पल्सिकारले भारत र बंगलादेशको सहायक प्रशिक्षकको रुपमा समेत काम गरिसकेकी छन् । उनले भारतीय घरेलु लिग वुमन्स टी–२० च्यालेन्स–२०२२ मा भेलोसिटीको मुख्य प्रशिक्षण समेत सम्हालेकी थिइन् ।  पल्सिकारले भारतका लागि एक टेस्ट र १५ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेकी छन् ।

विश्वकपको एसिया छनोट मलेसियामा हुनेछ । आउँदो अगस्ट २८ देखि सेप्टेम्बर ६ सम्म हुने प्रतियोगितामा नेपालसहित ११ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताबाट शीर्ष दुई टिम विश्वकप ग्लोबल छनोटमा छानिनेछन् । छनोटका लागि नेपालको प्रारम्भिक टोलीसमेत घोषणा भइसकेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro