site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यी जिल्लामा आज बाढीको जोखिम
Sarbottam CementSarbottam Cement

काठमाडौं । देशका केही सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । वर्षासँगै नदीमा जलसतह बढ्दै गएको हो ।

आज महाकाली नदीमा जलसतह सतर्कता तह आसपास हुने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दी भई बहने केही साना नदीहरूमा पनि आकस्मिक बहावको जोखिम रहने पूर्वानुमान छ । 

झापा, इलाम, पाँचथर, तेहथुम, संखुवासभा, धनकुटा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, लमजुङ, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, पाल्पा, कपिलवस्तु, गुल्मी, दाङ, सल्यान, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेल्धुरा र दार्चुला भई बहने केही साना नदीहरूमा समेत बहाव बढ्न सक्ने पूर्वानुमान छ ।

Global Ime bank

महाशाखाका अनुसार आज कोसी, नारायणी, कर्णाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहनेछ । तर, बहाव बढ्दो हुनेछ ।

भोलि र पर्सि देशका अधिकांश नदीहरूको जलसतह उल्लेख्य बढ्नेछ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई र यसका केही साना सहायकलगायत चुरे र तराई भई बहने केही साना नदीमा जलसतह सतर्कता तह पुग्न सक्ने महाशाखाको पूर्वानुमान छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement