site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
धेरै कुरा घोषणा गर्छौँ, कार्यान्वयन गर्दैनौँ : अर्थमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीतिले व्यवसायीका माग सम्बोधन नगरेको भन्दै चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनले सम्बोधन गर्नेमा आशावादी रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल अडिटर्स एसोसिएसन (अडान)को १८औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले व्यवसायीका माग चालु पुँजीसम्बन्धी मार्ग निदेशनले सम्बोधन गर्नेमा आफू आशावादी रहेको उल्लेख गरे ।

“मौद्रिक नीतिले तपाईंहरूका सबै माग सम्बोधन गरेन, केही सम्बोधन त गरेको छ । तर, अब छिट्टै आउने वर्किङ क्यापिटलसम्बन्धी मार्गदर्शनले सम्बोधन गर्ला । छिटै ल्याउँदै छ भन्ने सुनेको छु,” उनले भने, “फिस्कल पोलेसीले केही दिएन भन्ने नसोच्नु होला । हामीले पुँजीगत खर्च बढाउने गरी काम गरिरहेका छौँ ।”

राज्य संयन्त्रमा समस्या भएकाले अहिलेको स्थिति निम्तिएको उनले बताए । “हामी धेरै कुरा घोषणा गर्छौँ, तर कार्यान्वयन गर्दैनौँ । यसले समस्या निम्त्याएको छ । फिउचरको निर्णय अहिलै नै गर्दा समस्या निम्त्यायो,” उनले भने, “स्रोत सुनिश्चितता नहुँदा निर्माण क्षेत्रमा समस्या आयो । पहिले बिग्रिएको कुरा सुधार गर्न समय लाग्छ ।”

केही ख्याल नगरी बाह्य सहयोग लिने प्रवृत्तिले बिगारेको पनि उनले बताए । अर्को वर्ष ऋणको दायित्व अझै बढ्ने उनको भनाइ छ ।

ऋण लिएर उत्पादनशील क्षेत्रमा लगानी नगर्दा समस्या उत्पन्न भएको मन्त्री महतले बताए ।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro