site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमृत पोखरेल आत्महत्या प्रकरण : बस्नेतसहित चारजनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका प्रशासन प्रमुख भोजकुमार बस्नेतसहित कर्मचारीविरुद्धको मुद्दा काठमाडाैं जिल्ला अदालतमा दर्ता भएको छ ।

सेन्टरका फार्मेसी अधिकृत अमृत पोखरेलको मृत्युको घटनामा बस्नेतसहित फार्मेसी इञ्चार्ज जुना स्थापित, फार्मेसी सहायक विष्णु पौडेल र कृष्ण पन्त पक्राउ परेका थिए ।

अमृतको परिवारले उनीहरूको कारण अमृतले आत्महत्या गर्न बाध्य भएको भन्दै प्रहरीमा उजुरी दिएको थियो । सोही उजुरीको आधारमा महाराजगञ्ज प्रहरी वृत्तले असार २९ गते उनीहरूलाई पक्राउ गरेर अनुसन्धान प्रतिवेदन सरकारी वकिलकाे कार्यालय पेस गरेको थियो ।

सोही प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले शुक्रबार अदालतमा मुद्दा दर्ता गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro