site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीमा सभामुखबाट राजीनामा दिएका गौतम बने अर्थमन्त्री, अरू कसले लिए शपथ ?

विराटनग । कोसी प्रदेशमा मुख्यमन्त्री उद्धव थापासँगै तीनजना मन्त्रीले शपथ लिएका छन् । सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम पनि मन्त्री बनेका छन् ।

गौतमले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् । कांग्रेसका प्रदीप सुनुवारले खानेपानी, सिचाइँ तथा ऊर्जा मन्त्रालय र एकीकृत समाजवादीका कमल जवेगुले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मंगलबार चार दलको समर्थनमा कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बनेका थिए ।

त्यसअघि थापा नेतृत्वको सरकार गठनमा गौतमले सभामुखको हैसियतमै हस्ताक्षर गरेपछि त्यो प्रक्रियालाई सर्वोच्चले खारेज गरिदिएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro