site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोली हानी हत्या गरेको आरोप लागेका दुईजना सार्वजनिक

विराटनगर । सुनसरीको धरानस्थित चारकोसे झाडीमा विराटनगरका युवालाई गोली हानेर हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । 

विराटनगर–५ का रोहित चौधरीमाथि धनुकटाबाट फर्कने क्रममा साउन ५ गते गोली प्रहार भएको थियो । हत्यामा संलग्न भनिएका तीनजनामध्ये दुईलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो । 

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरमा उनीहरूलाई सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा डीआईजी राजेशनाथ बास्तोलाले उनीहरूले लुटपाटको उद्देश्यले आक्रमण गरेको र प्रतिकार गर्दा हत्या गोली चलाएको देखिएको जानकारी दिए ।

पक्राउ पर्नेमा लेटाङ नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय दीपक तिम्सिना र धरान उपमहानगरपालिका वडा नम्बर १४ का ३४ वर्षीय अनसन तामाङ छन् ।

प्रहरीका अनुसार दुवैजना लागुऔषध प्रयोगकर्ता हुन् । तिम्सिना जबरजस्ती करणी मुद्दामा १० वर्ष र अनसन लागुऔषध मुद्दामा ६ महिना कारागारको सजाय काटेर निस्किएका व्यक्ति भएको प्रहरीले जनाएको छ । उनीहरू लुटपाटका अन्य घटनामा समेत संलग्न रहेको खुल्न आएको डीआईजी बास्तोलाले बताए ।

गोली लागेका चौधरीको उपचारको क्रममा सोही दिन धरानस्थित बीपी प्रतिष्ठानमा निधन भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro