site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेयर बजारमा उतारचढाव, १५ मिनेटमा १५ अंकको वृद्धि  

काठमाडौं । बुधबार दिनभर उतारचढाव देखिएको सेयर बजारमा अन्तिम १५ मिनेटमा १५ अंकको वृद्धि भएको छ । २ बजेर ४५ मिनेट जाँदादेखि ३ बजेको बिचमा परिसूचक १५ अंक बढेको हो ।

आज नेप्से परिसूचक ९.२५ अंक वृद्धि भएर २०८६.८४ विन्दुमा रोकिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार नेप्से साढे २८ अंक घटेर बन्द भएको थियो । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक भएपछि लगातार पाँच करोबार दिन नेप्से घटेको थियो । गत सोमबार भने नेप्से ५.८४ अंक बढेको थियो ।

आज म्युचुअल फन्ड, ऋणपत्र र सेयर गरी २६९ धितोपत्रको ९३ लाख ६१ हजार ७८६ कित्ता खरिद–बिक्री भएको छ । स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयर मूल्य २२ रुपैयाँ वृद्धि भएको छ । 

शिवम् सिमेन्टको सेयर कारोबारले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको ११ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५९६ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये माइक्रोफाइनान्स, हाइड्रोपावर र व्यापार समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि फाइनान्स समूहको  भएको छ । यो समूहको परिसूचक १.६९ प्रतिशतले वृद्धि भएको छ ।  
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro