site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंसहित यी जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम 
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विभिन्न प्रदेशमा आज मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले केही नदी तथा खोलामा बाढीको जोखिम रहेको छ । दोलखा, सिन्धुपाल्चोक र आसपास भएर बहने नदी तथा खोलामा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।  

संखुवासभा, सोलुखुम्बु, रामेछाप, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर काठमाडौं, मकवानपुर, रसुवा, लमजुङ, कास्की, पर्वत, पाल्पा, रुपन्देही, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र आसपास भई बहने केही स–साना नदी तथा खोलामा बहाव बढ्नसक्ने पूर्वानुमान रहेको महाशाखाको भनाइ छ ।

यसैबीच, आगामी तीन दिन देशका प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहनेछ । तर, जलस्तर बढ्दोक्रममा रहने पूर्वानुमान रहेको महाशाखाले स्पष्ट पारेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ०८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement