site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संविधानले सबैलाई पूर्णरूपमा अधिकार दिएको छ, त्यसलाई प्रयोग गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधानमा रहेको अधिकारहरूलाई प्रयोग गर्नुपर्ने बताएका छन् ।

अनेरास्ववियूले एसईई पास गरेका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिन मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले संविधानले सबैलाई पूर्णरूपमा अधिकार दिएको भन्दै ती अधिकारहरूलाई प्रयोग गर्नुपर्ने बताएका हुन् ।

धेरै ठूलो मेहनत गरेर बनाएको संविधानमा धेरै अधिकार दिइएको र अधिकारका कुराहरूलाई लागु गर्ने कुरामा कमी रहेको उनले बताए ।

अध्यक्ष नेपालले सबैले देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्ने भन्दै स्वाधिनता र सम्मानमा ठेस लाग्ने काम भए स्वीकार्य नहुने धारणा राखे । उनले मुलुकमा एकअर्काले भेदभाव, अत्याचार गर्ने प्रवृतिले देशले प्रगति गर्न नसक्ने उल्लेख गरे ।

त्यस्तै अध्यक्ष नेपालले इमान्दार र मेहनती भएर अघि बढे जस्तोसुकै क्षेत्रमा पनि सफलता हासिल गर्न सकिने बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro