site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हामी इमानदार बन्न सकेका छैनौँ : अध्यक्ष नेपाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले इमानदारिताबाट मात्र देशले सफलता प्राप्त गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सबै नेताहरू बन्नुपर्ने जति इमानदार बन्न नसकेको बताए ।

आफूलाई केन्द्रविन्दुमा राखेर अघि बढ्न खोज्दा देशको विकास नभएको उनले उल्लेख गरे । कुनै पनि कार्य गर्न इमानदारिता मुख्य कुरा रहेको भन्दै उनले सबै व्यक्ति आफूप्रति इमानदार हुनुपर्नेमा जोड दिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“जेसुकै गर्नका लागि पहिलो कुरा इमानदारिता हो । आफूप्रति इमानदार होऔँ । आफ्नो पढाइप्रति इमानदार होऔँ । र, मिहिनेती बन्नुपर्छ । इमानदार र मिहिनेती भयो भने जस्तोसुकै क्षेत्रमा पनि सफल हुन सकिन्छ । अल्छी मान्छेले केही गर्न सक्दैन । अल्छी हुनु हुँदैन, ढाँट्न हुँदैन, छलछाम गर्नु हुँदैन । हामी आफ्नो देश बनाउन सक्छौँ कि सक्दैनौँ भन्ने प्रश्न खडा भएको छ । हामी नेपालीहरू देश निर्माण गर्नका लागि सक्षम छौँ कि छैनौँ ? यी प्रश्नहरू विभिन्न देशमा उठेका छन् । हामी सबै बन्नुपर्ने जति इमानदार बनेका छैनौँ । हामी देश बनाउने भावनाले ओतप्रोत बनेका छैनौँ,” उनले भने, “हामी आफूलाई केन्द्रविन्दुमा राख्ने गरेका छौँ । देश र जनतालाई केन्द्रविन्दुमा राखेका छैनौँ । देशको हितलाई केन्द्रविन्दुमा राख्यौँ भने, देशलाई आँच आयो भने, हाम्रो स्वाधीनता र सम्मानमा ठेस लाग्ने काम भयो भने नेपालीहरूलाई त्यो स्वीकार्य हुँदैन । जनताको सन्दर्भमा पनि जनतामा भेदभाव, अन्याय, अत्याचार भयो भने, थिचोमिचो भयो भने अनि एउटाले अर्कोलाई विभिन्न हिसाबले गरिब भनेर हेला गर्ने, दलित भनेर हेला गर्ने, विपन्न भनेर हेला गर्ने यस्तो प्रवृत्ति भयो भने यो देशले प्रगति गर्न सक्दैन ।”

संविधानमा थुप्रै अधिकारहरू उल्लेख्य भए पनि त्यो कार्यान्वयनमा कमी देखिएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १५:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro