site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ग्यासको मूल्य सिलिन्डरमा १०० रुपैयाँले घट्दै, पेट्रोल र डिजेलको बढ्दै

काठमाडौं । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घट्ने भएको छ ।

मंगलबार भारतीय आयल निगम (आईओसी)बाट ग्यासको मूल्य प्रतिसिलिन्डरमा १०० रुपैयाँले घटेर आएको छ । नेपालमा स्वचालित प्रणाली लागु भएकाले अब सोहीअनुसार मूल्य घट्ने नेपाल आयाल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

“आज बेलुका ५ बजे बोर्ड बैठक बस्दै छ, ग्यासको मूल्य सिलिन्डरमा १०० रुपैयाँ हाराहारीले घटेर आएको छ,” उनले बाह्रखरीसित भने, “त्योअनुसार स्वचालित मूल्य लागु हुन्छ । बैठकले निर्णय गर्छ ।”

उनका अनुसार पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य भने बढेर आएको छ । भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटरमा आठ, डिजेल प्रतिलिटरमा सात, मट्टीतेल प्रतिलिटरमा सात रुपैयाँ ५० पैसा र हवाई इन्धनको मूल्य प्रतिलिटरमा आठ रुपैयाँ ५० पैसाका दरले बढ्नेछ ।

नेपालमा नयाँ मूल्यसूची आजै राति १२ बजेदेखि लागु हुने उनको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १४:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro