site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रस्तावित राजदूतविरुद्ध उजुरी– एक प्याराग्राफ अंग्रेजी लेख्न सक्दैनन् !

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमाथि मंगलबार छलफल गरिएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकमा प्रस्तावित राजदूतविरुद्ध प्राप्त उजुरीबारे जानकारी गराइयो ।

नाम र मन्त्रालय नखुलाई कर्मचारीले इमेलमार्फत पठाएको उजुरीमा प्रस्तावित एक राजदूतले अंग्रेजी लेख्न नसक्नेलगायत आरोप लगाइएको छ ।

Dabur Nepal
NIC Asia

युनाइटेड अरब इमिरेन्ट्स (यूएई)का लागि प्रस्तावित राजदूत तेजबहादुर क्षेत्रीका विषयमा उजुरीकर्ताले यस्तो आरोप लगाएका हुन् । मन्त्रालयमा क्षेत्री ‘टीका लगाएर छिरेको र त्यसपछि कहीँ कतै पास नभएको’ उजुरीमा उल्लेख छ ।

“...टीका लगाएर मन्त्रालयमा छिरेका हुन् र त्यसपछि आजसम्म कहिले पनि पास भएका छैनन्,” उजुरीकर्ताले लेखेका छन्, “यिनले एक प्याराग्राफ पनि अंग्रेजी लेख्न सक्दैनन्, यिनलाई टेस्ट लिन सकिन्छ । यस्ता मान्छेले देशकै बेइज्जत गर्ने हुन् ।”

iqfmgm1690874322.jpg

गएको असार २८ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट राजदूतका लागि उनीसहितको नाम सिफारिस गरिएको थियो । अहिले राजदूतका लागि सिफारिसमा परेका सबै परराष्ट्र मन्त्रालयका सहसचिव (करिअर डिप्लोम्याट) रहेका छन् ।

अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा लोकबहादुर थापा, यूएईका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल, थाइल्यान्डका लागि धनबहादुर ओली, फ्रान्सका लागि सुधीर भट्टराई र जेनेभास्थित स्थायी नियोगका लागि रामप्रसाद सुवेदीको नाम सिफारिस गरिएको छ ।

अर्को बैठकमा यी सबै प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ कार्य सकाउने समितिले निर्णय गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro