site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यी जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विभिन्न जिल्लाका नदी तथा खोलामा आज बाढीको सम्भावना रहेको छ । संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ भएर बहने नदी तथा खोलामा आज जलसतह बढ्नेछ । 

रुकुम पूर्व, जाजरकोट, कालिकोट, कैलाली, डोटी, अछाम, बझाङ, दार्चुला, डडेलधुरा र आसपास भएर बहने केही स–साना नदी तथा खोलामा पनि बहाव बढ्नसक्ने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तल रहनेछ । तर, बढ्दो क्रममा रहने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउनु पर्ने महाशाखाको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement