site stats
बाह्रखरी :: Baahrakhari
देश
नेदरल्याण्ड पठाइदिने भन्दै  ४४ लाख ५० हजार ठगी गर्ने पक्राउ

काठमाडौं । नेदरल्याण्ड पठाइदिन्छु भनी पटकपटक गरी ४४ लाख ५० हजार ठगी गर्ने एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका–१३ घर भइ हाल काठमाडौंको शान्तिनगर बस्ने ३७ वर्षीय कपिल बर्मा रहेका छन् ।

Argakhachi Cement Island Ad

विक्रम कार्की समेत ६ जनालाई वैदेशिक रोजगारीको लागि नेदरल्याण्ड पठाइदिन्छु भन्दै पटकपटक रकम लिएका थिए ।

बर्माले प्रतिव्यक्ति १२ लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित सुपरमार्केट कम्पनीमा स्टोरकिपरको काम लगाइदिने, तलब मासिक दुई लाख हुने भन्दै आश्वासन दिएर प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी ४४ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

ठगी गरी सम्पर्कविहीन भएका बर्माको खाजेतलास गर्ने क्रममा आज बिहान मण्डिखाटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ परेकालाई अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको जनाइएको छ ।

 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  २१:०९
प्रतिक्रिया दिनुहोस्