site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेस सरकार पाँचौँपटक विस्तार, को–को बने मन्त्री ?

जनकपुरधाम । मधेस प्रदेश सरकार पाँचौँपटक विस्तार भएको छ । सोमबार दुईजना मन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कांग्रेसबाट गृह, सञ्चार तथा कानुनमन्त्रीमा मोहमद समिमले शपथ लिएका छन् । जनमतबाट श्रम तथा यातायात मन्त्रीमा चन्दन सिंहले शपथ लिए ।

Dabur Nepal
NIC Asia

समिम सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ को ‘क’बाट निर्वाचित सांसद हुन् । सिंह समानुपातिक सांसद हुन् ।

मन्त्रिपरिषद् विस्तार भएपछि सरकारले पूर्णता पाएको छ । तर, जसपाबाट मन्त्री बनेकी सुरिता साहले अझै जिमेवारी पाएकी छैनन् । मुख्यमन्त्री सरोज कुमार यादवले एक मन्त्रालय फुटाएर सुरितालाई जिमेवारी दिने तयारी गरेका छन् ।

जनमत पार्टीबाट मन्त्री बनेका वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जय यादवले सोमबार पार्टीको निर्देशन अनुसार राजीनामा दिएका थिए । जनमतबाट शिक्षा तथा समाज कल्याणमन्त्रीमा महेशप्रसाद यादव यथावत छन् ।

गत जेठ ११ गते कुशवहा र यादवको जिमेवारी पनि खोसिएको थियो । कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरिएको थियो । त्यसपछि कुशवाहा र उक्त मन्त्रालयका राज्यमन्त्री यादव बिनाविभागीय मन्त्री थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro