site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी नजरमा नेपाल : विदेशी लगानीकर्ताको लागि अवसर
फाइल तस्बिर।
SkywellSkywell

काठमाडौं । अमेरिकाले विदेशी लगानीकर्ताहरुको लागि नेपाल एउटा अवसर भएको बताएको छ । अमेरिकी विदेश मन्त्रालयले गत साता सार्वजनिक गरेको ‘लगानी वातावरण २०२३’ नामक वार्षिक प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको हो ।

“भारत र चीनको बीचमा रहेको नेपाल विदेशी लगानीकर्ताका लागि अवसर हो,” अमेरिकी प्रतिवेदनमा भनिएको छ, “नेपालसँग प्राकृतिक स्रोतहरु पनि छन्, जसको व्यावसायिक सम्भावना छ ।”

खासगरी ऊर्जा, पर्यटन, सूचना तथा सञ्चार प्रविधि (आईसीटी), पूर्वाधार र कृषि क्षेत्रमा पर्याप्त सम्भावना रहेको प्रतिवेदनमा औँल्याइएको छ । तर, यस्तो सम्भावना हुँदाहुँदै पनि राजनीतिक अस्थिरता, व्यापक भ्रष्टाचार, झन्झटिलो कर्मचारीतन्त्र, कानुन र नियमहरूको अव्यवस्थित कार्यान्वयनले लगानीलाई बाधा पु¥याएको अमेरिकाले जनाएको छ ।

KFC Island Ad
NIC Asia

नेपालले विदेशी लगानी आकर्षित गर्ने आफ्नो चाहना सार्वजनिक रूपमा व्यक्त गर्दै आए पनि यसको अर्थपूर्ण अभ्यास गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।

जलविद्युत् क्षेत्रमा अनुमानित ४० हजार मेगावाट उत्पादन क्षमता नेपालसँग रहेको जनाइएको छ । विद्युत् निर्यातलाई नेपालले आम्दानीको प्रमुख स्रोत बनाउन सक्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

Royal Enfield Island Ad

सम्भावित लगानीको अवसर प्रदान गर्ने अन्य क्षेत्रहरूमा कृषि, पर्यटन, आईसीटी क्षेत्र र पूर्वाधार समावेश छन् । महामारीका कारण संकटमा परेको पर्यटन क्षेत्र बिस्तारै बाहिर निस्किरहेको जनाइएको छ ।

नेपालले देशमा व्यवसाय गर्न इच्छुक लगानीकर्ताहरूलाई अवसरहरू प्रदान गर्ने प्रतिवेदनमा बताइएको छ । “हालैका वर्षहरूमा नेपालले केही लगानीमैत्री कानुन र नियमहरू बनाएको छ । तर लगानीका लागि केही अवरोधहरु भने छन्,” प्रतिवेदनमा भनिएको छ ।

भ्रष्टाचार, विदेशी बैंकहरू सञ्चालनलाई सीमित गर्ने कानुन, नाफा फिर्ता लैजाँदा आइपर्ने चुनौती, नियन्त्रित मुद्रा विनिमय सुविधा, निश्चित क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)मा गरिएको प्रतिबन्धका साथै न्यूनतम विदेशी लगानीको सीमा र अर्थतन्त्रका केही क्षेत्रहरू (विद्युत् प्रसारण र पेट्रोलियम पदार्थको वितरण)मा सरकारी एकाधिकारले नेपालमा विदेशी लगानीलाई कमजोर बनाएको तर्क प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।

“राजनीतिक अनिश्चितता विदेशी लगानीकर्ता (स्वदेशीको लागि पनि)हरूको लागि निरन्तर चुनौती हो । नेपालका सत्तारुढ दलहरूले विगतका वर्षहरूमा आफ्नो धेरै ऊर्जा सुशासनको सट्टा आन्तरिक राजनीतिक शक्ति सङ्घर्षमा खर्च गरेका छन्,” प्रतिवेदनमा स्पष्ट शब्दमा भनिएको छ ।

राजनीतिक र कर्मचारी वर्गमा अन्तर्राष्ट्रिय व्यापार मापदण्ड र अभ्यासहरूको बुझाइको कमी, अन्तर्राष्ट्रिय अभ्यासहरूसँग पूर्ण रूपमा मिल्दोजुल्दो कानुनको अभाव र नियामक व्यवस्थाले नेपालमा विदेशी लगानीकर्ताहरूलाई लगानी गर्न निराश बनाइरहेको जनाइएको छ ।

“विदेशी कामदारका लागि अध्यागमन कानुन र भिसा नीतिहरू झन्झटिलो छन्,” अमेरिकाले भनेको छ, “नेपालको भूगोलले पनि चुनौती दिएको छ । देशको पहाडी भूभाग, भूपेरिवेष्ठित भूगोल र कमजोर यातायात पूर्वाधारले कच्चा पदार्थ र तयार वस्तुको निर्यातको लागत बढाउँछ ।”

पछिल्ला वर्षहरुमा राजनीतिक दलहरुसँग आवद्ध ट्रेड युनियनहरुको हड्ताल नेपालमा कम हुँदै गएको अमेरिकी बुझाइ छ ।

राजनीतिक नेताहरू, सरकारी निकायहरू र व्यवसायहरूलाई लक्षित गरी विद्रोही समूहहरूद्वारा प्रयोग गर्ने विस्फोटक उपकरणको प्रयोगले सम्भावित अस्थिरतलाई बढावा दिने जनाइएको छ । “यो खतरा पनि हालका वर्षहरूमा कम भएको छ,” अमेरिकाले भनेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा रहेको विद्रोही समूह मार्च २०२१ मा शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेपछि यस्तो खतरा कम भएको अमेरिकाले जनाएको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro