site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पीएल सिंह अस्वस्थ, मेडिसिटीमा गरियो अपरेसन
फाइल तस्बिर ।

काठमाडौं । ०४९ सालमा काठमाडौं महानगरपालिकाका मेयर रहेका पीएलसिंह अस्वस्थ भएका छन् । अल्सर बिग्रिएर आन्द्रामा समस्या देखिएको हो । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको पेटको अपरेसन गरिएको छ ।

खानामा अरुचि भएपछि अस्पताल लैजाँदा रगतमा होमोग्लोबिनको मात्रा कम देखिएको थियो । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । त्यसक्रममा ८४ वर्षीय सिंहलाई बान्ता भएको थियो । बान्तामा रगत देखिएपछि इन्डोस्कोपी गर्दा अल्सर पत्ता लागेको थियो ।

“अल्सर भएको र आन्द्राबाट ‘ब्लिडिङ’ भएको थाहा भएपछि अपरेसन गरिएको हो,” सिंहका भाइ इन्द्रलाल सिंहले बाह्रखरीसँग भने, “अहिले उहाँलाई ‘अब्जरवेसन’मा राखिएको छ ।”

उनको अवस्था बुझ्न अस्पताल पुगेकी नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले चिकित्सकको ‘ब्रिफिङ’पछि मात्र त्यसबारेमा जानकारी हुने बताइन् ।

कांग्रेसका संस्थापक नेता तथा ०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहका प्रमुख सहयोगी भएर पीएलले काम गरेका थिए । गणेशमानसँग परिवारका सदस्यभन्दा निकट मानिने पीएलले पछिल्लो समय कांग्रेसले लिएको नीतिप्रति असहमति राख्दै आएका थिए ।

उनी ०४६ सालसम्म चाक्सीबारीस्थित गणेशमान सिंहको निवासमै बसेका थिए । गणेशमान र मंगलादेवी सिंहलाई सहयोग गरेका थिए । पीएल त्यसपछि आफ्नै निवासमा बस्न थालेका थिए ।

०४९ मा स्थानीय निर्वाचन जितेर तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बने । पञ्चायत व्यवस्थापछि काठमाडौंका उनी पहिलो मेयर हुन् । पीएलले आफ्नो कार्यकालमा गरेका कामले काठमाडौं महानगरपालिकाको जग हालिएको मानिन्छ । उनी पूर्वमन्त्री पनि हुन् ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro