site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बुक बिल्डिङ प्रक्रिया अघि बढ्यो, सर्वाेत्तम र रिलायन्स स्पिनिङको आईपीओ चाँडै आउने

काठमाडौं । लामो समयपछि बुक बिल्डिङ प्रक्रियाले प्राथमिकता पाएको छ । सर्वाेत्तम र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न गत वर्षको असारमै निवेदन दिएका हुन् । तर, यी कम्पनीको आईपीओ प्रक्रिया अगाडि बढेको थिएन ।

हाल कम्पनीको कागजात प्रमाणित गर्ने काम भइरहेको नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए । उनकाअनुसार केही समयमा बोर्डले यी दुई कम्पनीलाई बुक बिल्डिङ विधिबाट पहिलोपटक आईपीओ निष्कासनका लागि अनुमति दिँदै छ ।

बोर्डले अनुमति दिएपछि पहिलो चरणमा कम्पनीको आईपीओका लागि क्वालिफाइड इस्टिट्युसनल इन्भेस्टर्स (क्यूआईआई) कम्पनीले आवेदन दिने छ । यी कम्पनीहरूले आईपीओ खरिद गरेपछि मात्र सर्वसाधारणलाई यी कम्पनीको आर्यपीओ निष्कासन हुने छ ।

Dabur Nepal
NIC Asia

“हामी अन्तिम तयारीमा छौँ । रिराइट भइसकेको अवस्था छ । हामीले करिबकरिब एपप्रुभ दिने अन्तिम तयारीमा छौँ । केही दुविधा भए इस्यू मेनेजरले अपडेट गराउँछ,” प्रवक्ता श्रेष्ठले भने, “दुईवटै कम्पनीको डकुमेन्ट पुगेजस्तो छ । एउटा फाइल हेर्न ३/४ दिन लाग्छ । अब धेरै समय लाग्दैन ।”

क्युआईआई प्राप्त कम्पनीहरूलाई ४० प्रतिशत सेयर निष्कासन हुने छ । इस्यू मेनेजर ग्योबल आईएमई क्यापिटलले पनि सम्पूर्ण प्रक्रिया पूरा गरेर बोर्डमा बुझाएको छ । क्युआईआई प्राप्त कम्पनीले ४० प्रतिशत सेयर खरिद गर्ने गरी ५७ वटाले ५०१ मा खरिदका लागि आवेदन दिएका थिए ।

यी संस्थाले फ्याट्र भिजिट पनि गरिसकेका क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पारसमणि ढकालले बताए । आफूहरू बोर्डको अनुमति पर्खिरहेको उनले बताए ।

“हामीले गर्नुपर्ने सबै काम सकेका छौँ । बार्डबाट हामीलाई केही कमेन्ट आएको छैन,” उनले भने, “हाम्रो तर्फबाट सबै काम भएको छ । यदि केही परे हामी तयार छौँ । मेरो विचारमा त यतिधेरै समय नलाग्नुपर्ने हो । एक महिनाभित्र सबै काम सकिनुपर्ने हो ।”

सर्वाेत्तम सिमेन्टले गत वर्षको असार २८ गते बोर्डमा बुक बिल्डिङबाट आईपीओ निष्कासनका लागि आवेदन दिएको थियो । रिलायन्स स्पिनिङ मिल्सले सोही महिनाको ३१ गते आवेदन दिएका थियो । एक वर्ष बितिसक्दा पनि बोर्डले एपप्रुभ नदिँदा कम्पनीहरू पनि अचम्ममा परेका छन् ।

आफूहरूले इस्यू मेनेजरलाई आवश्यक कागजात बुझाइसकेको र सबै जिम्मेवारी दिएको सर्वाैत्तम सिमेन्टका सिनियर मेनेजर गोपाल सारदाले बताए । “हामीबाट सबै कुरा अब इस्यू मेनेजरकोमा गएको छ । बुक बिल्डिङका लागि जे चाहिन्छ, सबै उसैले प्रक्रिया पूरा गर्ने हो । हामीले सहजीकरण मात्र गरिदिने हो,” उनले भने, “बुक बिल्डिङ प्रक्रिया हाम्रो पक्षबाट रोकिएको हैन । हामी त जहिल्यै नि तयार छौँ । तर, सयम धेरै गइसक्यो अहिलेसम्म किन अगाडि बढेर हामी पनि अचम्ममा परेका छौँ ।”

यो पहिलो अभ्यास भएकाले पनि नियमन निकाय लगायत कम्पनीहरू पनि द्विविधामा परेका छन् । पहिलो चरणमा क्युआईआई प्राप्त कम्पनीले आईपीओ खरिद गरेपछि मात्र दोस्रो चरणमा सर्वासाधारणमा आईपीओ जारी हुने प्रवक्ता श्रेष्ठले बताए ।

बुक बिल्डिङ प्रणालीबाट धितोपत्रको सार्वजनिक निष्कासन गर्दा निश्चित मूल्य विधि र बुक बिल्डिङ विधि अनुसार गरिने बताइएको छ । निश्चित मूल्य विधिबाट जाँदा धितोपत्र जारी गर्दा संगठित संस्थाले तोकेको मूल्य (अंकित मूल्य वा प्रिमियम मूल्य) मा सार्वजनिक निष्कासन गरिन्छ । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न चाहनेले भने धेरै प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता छन् ।

सर्वाेत्तमले ५०१ देखि ७५१ रुपैयाँ ५६ पैसामा आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सले ६०८ देखि ९१२ रुपैयाँमा आईपीओ निष्कासन गर्न आवेदन दिएका छन् । यो मूल्यमा क्युआईआई प्राप्त कम्पनीले आवेदन दिन सक्नेछन् ।

कट अफ मूल्य निर्धारण भएपछि सर्वसाधारणलाई उक्त कट अफ मूल्यमा १० प्रतिशत छुट गरी विवरण पत्र इस्यू मेनेजरले सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । बुक बिल्डिङमा सभागी लगानीकर्ताले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने छ भने कम्पनीले पनि न्यूनतम ५० कित्ताका दरले बाँडफाँट गर्नुपर्ने छ ।

हाल अंकित वा प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै आएका कम्पनीले न्यूनतम १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दै आएका छन् ।

बुक बिल्डिङ धितोपत्रको निष्कासन मूल्य पत्ता लगाउने एक अन्तर्राष्ट्रिय विधि हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  २०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro