site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बैंकहरूले आधारदरभन्दा कम ब्याजदरमा ऋण लगानी गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई औसत आधारदरभन्दा कम ब्याजदरमा पनि ऋण लगानी गर्न पाउने व्यवस्था गरेको छ । 

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

संघीय, प्रदेश र स्थानीय तहले आफ्नो कार्यक्रम अन्तर्गतको वा कुनै दातृ निकायबाट प्राप्त सहुलियत दरको सहायता वा अनुदान रकमलाई बैंक तथा वित्तीय संस्थामार्फत तोकिएको क्षेत्र एवं वर्गमा ऋण परिचालन हुनेगरी सञ्चालन गरेको छ । कार्यक्रम अन्तर्गतको ऋण औसत आधारदरभन्दा कम ब्याजदरमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्न सक्छन् ।

तर, अन्य कुनै पनि कर्जाको हकमा पछिल्लो तीन महिनाको औसत आधारदरभन्दा कम ब्याजदरमा ऋण प्रवाह गर्न पाइने छैन ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro