site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु
Argakhachi Cement Island Ad

काठमाडौं । चन्द्रागिरि नगरपालिका–४, पानीघाटभन्दा माथि हिमचुली भन्ने ठाउँमा जाँदै गरेको बा१०च ३५४६ नम्बरको भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

शुक्रबार दिउँसो भ्यान सडकबाट करिब दुई सय मिटर तल खसेर चालकसहित दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । 

प्रहरीको प्रारम्भिक अनुसन्धानले काठमाडौंबाट मकवानपुरको चित्लाङतर्फ जाने क्रममा हिलोमा फसेको भ्यानलाई धकेल्दा ओभर स्पिड भएर सडकबाट खसेको देखाएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्