site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
राष्ट्र बैंकले तोक्यो गाडीमा २५ लाखसम्मको ऋणको जोखिमभार १०० प्रतिशत
फाइल तस्बिर ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज र गाडी खरिदमा २५ लाखसम्मको ऋणको जोखिमभार १०० प्रतिशतमा झारेको छ । 

शुक्रबार राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरूलाई एकीकृत निर्देशन जारी गर्दै हायर पर्चेज र व्यक्तिगत गाडी खरिदको ऋणमा जोखिमभार कम गरेको हो ।

२५ लाख भन्दाबढीको ऋणमा भने जोखिमभार १५० प्रतिशत तोकिएको छ । यसअघि १५० प्रतिशत रहेको यस्तो ऋणको जोखिमभार अहिले राष्ट्र बैंकले दुई तरिकाले तोकेको हो ।

गएको आइतबार राष्ट्र बैंकले मौद्रिक नीतिमा “सेयर धितोकर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछ,” भनेर उल्लेख गरेको थियो ।

७५ प्रतिशतबाट जोखिमभार १५० प्रतिशत पु¥याइएपछि पछिल्लो एक वर्षमा अटो व्यवसायीहरूले व्यापार ठप्प भएको भन्दै जोखिभार घटाउन माग गर्दै आएका थिए ।

२५ लाखसम्म ऋणको जोखिमभार १०० प्रतिशतमा झरेसँगै यसले व्यापारमा केही सहजता ल्याउने व्यवसायीको अपेक्षा छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro