राजनीति
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ ।
शुक्रबारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम पुग्न नसक्दा बस्न सकेन ।
२६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्नेमा १३ जना मात्रै उपस्थित हुँदा समिति बैठक स्थगित भएको हो ।
बैठक आज बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बोलाइएको थियो । तर सांसदहरू उपस्थित हुन नसक्दा बैठक बस्दै नबसी स्थगित भएको हो ।
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८० १२:४९
प्रतिक्रिया दिनुहोस्