site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वदेश फर्किएपछि प्रधानमन्त्रीको असन्तुष्टि– राजनीतिक ‘कल्चर’ राम्रो भएन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्पष्टीकरणको मौका नै नदिई राजीनामा माग्ने राजनीतिक ‘कल्चर’ बसाउन खोजिएको टिप्पणी गरेका छन् । इटाली भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

सुन तस्करी प्रकरणमा नेकपा (एमाले)ले अर्थमन्त्री डा. प्रकाशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै संसद् अवरोध गरिएको विषयप्रति उनले असन्तुष्टि व्यक्त गरे । केही दिनअघि एमालेले प्रधानमन्त्री प्रचण्डको पनि राजीनामा मागेको थियो ।

“राजनीतिक उद्देश्यको निम्ति हत्त न पत्त प्रधानमन्त्रीको राजीनामा मागिहाल्ने, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने, गृहमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्न खोजेको छ, त्यो राम्रो होइन,” उनले भने ।

स्पष्टीकरणको मौका नै नदिई राजीनामा नदिए सदन चल्न नदिने निर्णय गर्ने कल्चर उचित नभएको उनको भनाइ छ ।

“प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्रीको स्पष्टीकरण दिने मौका पनि नदिई राजीनामा दिने भए देऊ नत्र सदन चल्न दिँदैनौँ भनेर पहिल्यै घोषणा गर्ने राजनीति कल्चरले हामीलाई राम्रो ठाउँतिर लाँदैन,” प्रधानमन्त्रीले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ११:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro