site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मौद्रिक नीतिपछि १०० अंकले घट्यो नेप्से

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक भएपछिका लगातार चार कारोबार दिन नै नेप्से उच्च अंकले घटेको छ ।

चार कारोबार दिनमा नेप्से १००.६८ अंकले घटेको हो । नेप्से परिसूचक आज २९.७१ अंक घटेर २१२६.४८ विन्दुमा रोकिएको हो ।

मौद्रिक नीति सार्वजनिक भएको दिन ६३ अंकले बढेको नेप्से त्यसपछिका कारोबार दिनमा लगातार ओरालो लागेको हो ।

यस दिन म्युचुअल फन्ड, ऋणपत्र र सेयर गरी २७१ धितोपत्रको दुई अर्ब ४२ करोड ५७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको हो ।

यस दिन किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.६८ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९३६ रुपैयाँ कायम भएको छ ।

शिवम् सिमेन्टको सर्वाधिक रुपैयाँको कारोबार भएको छ । यो कम्पनीको १० करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१५ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा व्यापार समूह रहेको छ । यो समूहको परिसूचक २.६५ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro