site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भर्चुअल रियालिटीको दौडमा एक वर्षमा मेटाले गुमायो २१ अर्ब अमेरिकी डलर
Tiktok banner adTiktok banner ad

काठमाडौं । फेसबुक र इन्स्टाग्रामको अभिभावक कम्पनी मेटाको रियालिटी ल्याब युनिटले ठुलो घाटा बेहोरेको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको सन् २०२३ को त्रैमासिक आम्दानी रिपोर्टले यस्तो देखाएको हो ।

मेटाको रियालिटी ल्याब युनिटले मेटाभर्सका लागि भर्चुअल रियालिटी र अग्मेन्टेड रियालिटी टेक्नोलोजी (एआर/भीआर) को विकास गर्छ । यो ल्याबमा दोस्रो त्रैमासिकमा ३.७ अर्ब अमेरिकी डलर खर्च भएको कम्पनीले बताएको हो ।

यो ल्याबले सन् २०२३ को दोस्रो त्रैमासिकमा बिक्रीमार्फत २७ करोड ६० लाख अमेरिकी डलर आम्दानी गरेको छ । जुन पहिलो त्रैमासिकको ३३ करोड ९० लाख भन्दा कम हो ।

गत वर्ष सन् २०२२ मा मेटाको रियालिटी ल्याब युनिटले १३.७ अर्ब घाटा बेहोरेको थियो र २.१६ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो ।

सन् २०२३ को पहिलो त्रैमासिकमा ३.९९ अर्ब अमेरिकी डलर घाटा बेहोरेको रियालिटी ल्याबले गत वर्षदेखि अहिलेसम्म कुल २१.३ अर्ब अमेरिकी डलर घाटा बेहोरेको हो । कम्पनीले ईकोसिस्टम र प्रडक्टको विकासमा खर्च गर्दै जाँदा घाटा बढ्ने बताएको भनेको छ ।

गत जुनमा मेटाले प्रति महिना ७.९९ अमेरिकी डलर शुल्कको भीआर सब्सक्रिप्सन सर्भिस क्वेस्ट प्लसको घोषणा गरेको थियो । यो क्वेस्ट २, क्वेस्ट प्रो र नयाँ आउने भनिएको क्वेस्ट३ का लागि पनि कम्पेटेबल छ ।

फेसबुकबाट मेटामा रिब्रान्डिङ हुँदा देखि नै कम्पनीले भीआर र एआरका क्षेत्रमा व्यापक विकास गरी मेटाभर्समा ठुलो फड्को मार्ने दाबी गरेको थियो ।

सीएनबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro