site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
होरानको गोलमा हारबाट जोगियो साविक विजेता अमेरिका
SkywellSkywell

काठमाडौं । कप्तान लिन्ड्सी होरानले गोल गरेपछि साविक विजेता अमेरिकाले फिफा महिला विश्वकपमा साविक उपविजेता नेदरल्यान्ड्सविरुद्धको सम्भावित हार टारेको छ ।

बिहीबार न्युजिल्यान्डको वेलिङ्टन क्षेत्रीय रंगशालामा सम्पन्न खेलको १७औँ मिनेटमा जिली रुर्डले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएकी थिइन् । भिक्टोरिया पेलोभाको पासमा रुर्डले १८ यार्ड बक्सभित्रबाट सेकेन्ड बारमा उत्कृष्ट गोल गरेकी थिइन् ।

KFC Island Ad
NIC Asia

तर, ६२औँ मिनेटमा कप्तान होरानले गोल गरेपछि पछिल्लो दुई संस्करणको विजेता अमेरिकाले सम्भावित हार टारेको थियो । रोस लभेलेको कर्नरमा होरानले हेडर गोल गरेकी थिइन् ।

सन् २०१९ को विश्वकप फाइनलमा नेदरल्यान्ड्सलाई २–० ले हराउँदै अमेरिकाले चौथोपटक विश्वकपको उपाधि जितेको छ । लगातार दुई संस्करणको विश्वकप उपाधि उचालेको अमेरिकाले पछिल्लो १३ खेलयता हार बेहोरेको छैन ।

Royal Enfield Island Ad

बराबरीसँगै दुई खेलबाट चार अंक जोडेको अमेरिका तालिकाको शीर्ष स्थानमा छ । समान अंक भए पनि नेदरल्यान्ड्स दोस्रो स्थानमा छ । समूहको तेस्रो स्थानमा पोर्चुगल र चौथो स्थानमा भियतनाम छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro