site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सुनचाँदीको मूल्य उच्च विन्दुनजिक
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर कारोबार भएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यो हालसम्मकै उच्च मूल्यभन्दा तोलामा १०० रुपैयाँले कम हो । यही साउन ४ गते सुन प्रतितोला एक लाख १३ हजार ६०० रुपैयाँमा करोबार भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

हिजो छापावाल सुन प्रतितोला एक लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य पनि प्रतितोला ८०० रुपैयाँले बढेर एक लाख १२ हजार ९५० रुपैयाँमा रकोबार भइरहेको छ । बुधबार तेजाबी सुन प्रतितोला एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

Global Ime bank

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ४९० रुपैयाँमा कारोबार भएको हो । बुधबार चाँदी प्रतितोला एक हजार ४६५ रुपैयाँमा कारोबार भएको थियो ।

यही साउन ४ गते चाँदी प्रतितोला एक हजार ४९५ रुपैयाँमा कारोबार भएको थियो । नेपाली बजारमा त्यो हालसम्मकै उच्च मूल्य हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ११:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय