site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अजय विजय बथिजा कोका–कोला इन्डिया दक्षिण-पश्चिम एशियाको भाइस प्रेसिडेन्टमा नियुक्त

काठमाडौं । कोका–कोला इन्डियाले अजय विजय बथिजालाई फ्रान्चाइज अपरेसन फर साउथवेस्ट एशियाको भाइस प्रेसिडेन्ट रूपमा नियुक्त गरेको छ ।

कोका–कोला कम्पनीसँग अजयको करिब २४ वर्षको करियर यात्रा रहेको छ । जसमा उनले मार्केटिङ एण्ड फ्रान्चाइजमा एक्स्पर्टिज समावेश गरेको कम्पनीले जानकारी दिएको छ ।

सन् १९९९ मा अजयले हिन्दुस्तान कोका–कोला बेभरेज प्रा.लि र फ्रन्ट लाइन सेल्स टिमसँग आफ्नो व्यावसायिक यात्रा सुरु गरेर यस संगठन भित्र विभिन्न भूमिका र पदहरूमा लगातार काम गर्दै आाएका छन् । उनी २००५ मा स्याब्को भियतनाममा मेकोंग डेल्टा क्षेत्रको लागि रिजन म्यानेजर पनि रहेका थिए । उनले भोल्युम ड्राइभ गर्न सेल्स अपरेसनरुट–टु–मार्केट रणनीतिहरूको नेतृत्व गरेका थिए ।

 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  २२:११
प्रतिक्रिया दिनुहोस्