site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रेम चलाउनेलाई कुट्नेले अदालती प्रक्रियामा असहयोग गरेको सर्वोच्चको ठहर

काठमाडौं । सर्वोच्च अदालतले उपप्रध्यापक प्रेम चलाउनेलाई पक्राउ गर्ने विद्यार्थी नेताहरूले अदालती प्रक्रियामा असहयोग गरेको ठहर गरेको छ ।

न्यायाधीशद्वय सुस्मलता माथेमा र हरि फूयालको संयुक्त इजलासले कुटपिटमा संलग्न विद्यार्थी नेताहरूले अन्तरिम क्षतिपूर्ति नदिएको तथा अदालतको तारिख गुजारेर बसेको देखिएको भन्दै आवश्यक कारबाहीको निर्णय लिन जिल्ला अदालत काठमाडौंलाई आदेश गरेको हो ।

Dabur Nepal
NIC Asia

अदालती प्रक्रियामा सहयोग नगरेका कारण उनीहरूको धरौटी रद्द गरी प्रक्रिया अघि बढाउने विषयमा आवश्यक निर्णय गर्न पनि जिल्ला अदालतलाई आदेश गरेको हो । जिल्ला अदालतले निर्णय गरेमा विद्यार्थी नेताहरू पुनः पक्राउ हुन सक्नेछन् । सर्वोच्चको आदेशमा जिल्ला अदालतलाई मुद्दा पुरानो भएको र मुद्दाका अंग पनि सबै पुरा भइसकेका देखिएको भन्दै यथाशीघ्र मुद्दाको टुंगो लगाउन भनिएको छ ।

सरकारले नेविसंघ संबद्ध विद्यार्थी नेताको मुद्दा फिर्ता लिने निर्णय यस अघि सर्वोच्च अदालतकै अन्तरिम आदेशबाट कार्यान्वयन रोकिएको छ ।

यस्तो छ आदेश

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  २०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro