site stats
बाह्रखरी :: Baahrakhari
खेल
फिफा महिला विश्वकपमा फिलिपिन्सको पहिलो जित, स्वीट्जरल्यान्ड र नर्वेले अंक बाँडे

काठमाडौं । फिलिपिन्सले फिफा महिला विश्वकपमा पहिलो जित निकालेको छ । पहिलो पटक विश्वकपमा छनोट भएको फिलिपिन्सले मंगलबार सम्पन्न खेलमा सह–आयोजक रहेको न्युजिल्यान्डविरुद्ध १–० को जित निकालेको हो ।

न्युजिल्यान्डको वेलिङटन क्षेत्रीय रंगशालामा भएको खेलमा फिलिपिन्सलाई ऐतिहासिक जित दिलाउन सरिना बोल्डेनले गरेको गोल निर्णायक बन्यो । बोल्डेनले २४औँ मिनेटमा गोल गर्दै फिलिपिन्सलाई अग्रतामा राखेकी थिइन् ।

जितसँगै तीन अंक जोडेको फिलिपिन्स समूह ‘ए’ को तेस्रो स्थानमा छ । यसअघि फिलिपिन्स पहिलो खेलमा स्वीट्जरल्यान्डसँग २–० ले पराजित भएको थियो । हारका बावजुद समूहमा तीन अंक जोडेको न्युजिल्यान्ड तालिकाको दोस्रो स्थानमा छ । न्युजिल्यान्डले यसअघि पहिलो खेलमा नर्वेविरुद्ध १–० को जित निकालेको थियो ।

आजै भएको समूह ‘ए’ को अर्को खेलमा स्वीट्जरल्यान्ड र नर्वेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीबाट एक अंक जोडेको स्वीट्जरल्यान्ड चार अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ । एक अंक जोडेको नर्वे तालिकाको पुछारमा छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १९:२७
प्रतिक्रिया दिनुहोस्