site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सर्वोच्चलाई प्रचण्डको जवाफ– द्वन्द्वकालमा बालसेनाको प्रयोग गरेको छैन
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले द्वन्द्वकालमा बालसेनाको प्रयोग नगरेको दाबी गरेका छन् । सर्वोच्च अदालतलाई दिएको लिखित जवाफमा नेकपा (माओवादी केन्द्र)का प्रचण्डले द्वन्द्वकालमा बालबालिकालाई सेनामा प्रयोग नगरेको र शान्ति प्रक्रियासहित सम्बन्धित सबै दस्ताबेजमा बालसेनाबारे उल्लेख नभएको दाबी गरेका छन् ।

"बृहत शान्ति सम्झौता र हतियार, सेना व्यवस्थापनको अनुगमन सम्झौता, अन्तरिम संविधान, नेपालको संविधान र अन्य आधिकारिक लिखित दस्ताबेजसमेतले सशस्त्र द्वन्द्वमा बालबालिकालाई सेनाको रूपमा प्रयोग गरेको भनी स्वीकार गरेको कहिकतै देखिँदैन," उनले भने । 

उनले आफू द्वन्द्वपीडितहरूलाई राहत, परिपूरण र क्षतिपूर्तिका लागि अनवरत रूपमा काम गरिरहेको पनि बताएका छन् । शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्‍याउन आफू निरन्तर लागिपरेको उनको भनाइ छ । 

माओवादी जनयुद्धमा संलग्न रहेका लेनिन विष्टले जनयुद्धमा बालसेना प्रयोग भएको दाबीहसित सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  २१:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro