देश
काठमाडौं । सुन तस्करी प्रकरणमा आज पक्राउ परेकालाई कम्तीमा ६ दिन हिरासतमा राखिने भएको छ । आज राजश्व अनुसन्धान विभागले भन्सार अधिकृतसहित तीन कर्मचारी र तीनजना एजेन्टलाई पक्राउ गरेको थियो ।
उच्च अदालत पाटनले उनीहरूमाथि अनुसन्धानका लागि ६ दिनको समय दिएको हो ।
विभागले आज भन्सार अधिकृत सन्तोष चन्द, कुमार ढकाल र सरोज श्रेष्ठलाई पक्राउ गरेको थियो । भन्सार एजेन्टहरू रुक्मिला सुब्बा, सुदर्शन गौतम र यादव पराजुलीलाई पनि आजै पक्राउ गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, साउन ७, २०८० २०:२४
प्रतिक्रिया दिनुहोस्