काठमाडौं । महालक्ष्मी विकास बैंकको हेटौँडा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रा.डा. गोविन्दराज भट्टराईलाई सम्मान गरेको छ ।
मातृभूमि साहित्य समाजसँग समन्वय गरी बैंकले वार्षिक रूपमा प्रदान गर्दै आएको महालक्ष्मी साहित्य पुरस्कार–२०७९ द्वारा डा. भट्टराईलाई सम्मान गरेको हो ।
बैंकको वाग्मती प्रदेश ‘ख’का प्रादेशिक प्रबन्धक शम्भुप्रसाद पराजुलीले ५१ हजार रुपैयाँ राशिको उक्त पुरस्कार डा. भट्टराईलाई हस्तान्तरण गरेका हुन् ।
साहित्यकार भट्टराईले विभिन्न विधामा ६५ कृति प्रकाशन गरी नेपाली साहित्य क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरूप बैंकले उक्त पुरस्कारबाट सम्मान गरेको हो ।
आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने कुरा बैंकले जानकारी दिएको छ ।