site stats
बाह्रखरी :: Baahrakhari
देश
सबै देशसँग सुमधुर सम्बन्ध बनाइरहनु आजको आवश्यकता : उपराष्ट्रपति
फाइल तस्बिर।

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मैत्री सम्बन्ध स्थापित भएका सबै राष्ट्रहरुसँग सुमधुर र शान्तिपूर्ण सम्बन्ध बनाइराख्नु आजको आवश्यकता रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित हनोररी काउन्सिलर क्रप्स नेपाल (एचसीसीएन)को १६औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि मैत्री सम्बन्ध स्थापित भएका सबै राष्ट्रहरुसँग सुमधुर र शान्तिपूर्ण सम्बन्ध बनाइराख्नु आजको आवश्यकता रहेको बताए ।

Argakhachi Cement Island Ad

दौँत्य सम्बन्ध कायम भएका देशका नागरिकलाई नेपालमा पर्यटकको रुपमा भित्र्याउन एचसीसीएनको प्रमुख भूमिका रहेको भन्दै उनले नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरु जलविद्युत्, पर्यटनलगायतमा विदेशी लगानी आकर्षित गरी मुलुकको आर्थिक विकास र समृद्धिको लागि संस्थाले थप योगदान दिन आवश्यक रहेको बताए ।

“नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरु जलविद्युत्, पर्यटनलगायत विदेशी लगानी आकर्षित गरी मुलुकको आर्थिक विकास र समृद्धिको लागि संस्थाले थप योगदान दिन सक्नुपर्छ,” उनले भने, “यो संस्था नेपालमा जलवायु परिवर्तनका कारण सिर्जित समस्याको न्यूनीकरण गर्नमा सम्बन्धित देशसँग पहल गर्न केन्द्रित हुनुपर्छ ।”

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्