site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सहमहामन्त्री डिनाको प्रश्न– मलाई आश्चर्य लाग्छ, कांग्रेस कसरी खत्तम भयो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले 'पार्टी खत्तम भयो' भनेर मनोबल गिराउने काम भइरहेको बताएकी छन् । जारी केन्द्रीय समिति बैठकमा आइतबार उनले पार्टीलाई गठबन्धनबिना शक्तिशाली बनाउनेबारे सोच्नुपर्ने बताइन् । 

“केही साथीहरूले पार्टी डुब्यो, खत्तम भयो भन्ने कुरा उकास्न खोजिरहनुभएको छ ।  मलाई आश्चर्य लाग्छ, स्थानीय तहमा पहिलो पार्टीको रूपमा स्थापित भएको छ,” उनले भनिन्, “प्रदेशमा र केन्द्रमा पनि पहिलो पार्टी स्थापित भएको छ । यस्तो बेलामा पार्टीको साथीलाई मनोबल गिराउने प्रयास भएको छ, यो निन्दनीय छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले पार्टीभित्रैबाट बालकृष्ण खाँणमाथि लागेको आरोप प्रमाणित गर्न सहयोग पुर्‍याइरहेको बताइन् । 

“यो न्यायपालिकाले गर्ने हो, स्वतन्त्र न्यायलय कांग्रेसको आधार हो । कांग्रेसका केही साथीले दबाब दिएर न्यायालयलाई प्रभावित गर्ने काम गर्न खोजिरहनुभएको छ,” उनले भनिन् । 

Global Ime bank

उनले पार्टीमा टेप रेकर्ड भन्दै आधारहीन कुरालाई जबरजस्ती फसाउने काममा किन लागेको ? भन्दै प्रश्न सोधिन् । 
उनले जिल्लामा कसैलाई आरोप लाग्यो भने पक्षमा कि विपक्षमा उभिने भन्दै प्रश्न गरिन् । 

“हाम्रो साथी पर्दा हामी खुसी भएका हौँ कि दुखी भएका हौँ । जिल्लामा कसैलाई आरोप लाग्यो भने त्यसको पक्षमा उभिने कि नउभिने ?,” उनले सोधिन् ।

उनले राष्ट्रपतिहरूको उपचारको खर्चको मापदण्डबारे पनि प्रश्न गरिन् । उनले पहिलको राष्ट्रपतिले गरेको खर्चबारे जानकारी गराउनुपर्ने बताइन् ।

“औषधि उपचारको खर्चको मापदण्ड के हो ? माननीयले पाउने ? विगतकाले कति लिए ? अहिलेको राष्ट्रपतिले लिएको विषयमा किन विरोध भइरहेको छ ?,” उनको प्रश्न छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !