site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देशको राजनीति बिग्रिएको छ : गच्छदार
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले आउँदो असोजमा पार्टीको नीति अधिवेशन गर्नुपर्ने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा उनले समयमै नीति अधिवेशन गर्नुपर्नेमा जोड दिए ।

नीति अधिवेशनमा पार्टीको आउँदो दिशाका बारेमा माथिबाट नै बहस हुनुपर्ने उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“देशको राजनीति बिग्रिएको छ । अझै बिग्रिन्छ देशको राजनीति । बिग्रिरहेको राजनीतिक परिवेशमा नेपाली कांग्रेसले कसरी अगाडि बढ्दाखेरि राम्रो हुन्छ भनेर यो चानचुने विषय होइन । एक नम्बरको एजेन्डामा देशको समसामयिक राजनीतिक विषयमा छुट्टै बैठक राखियोस्,” उनले भने, “समयमै नीति अधिवेशन गर्नुस् । सक्नुहुन्छ भने असोजमा गर्नुस् । सक्नु हुन्न भने कार्तिकमा चाडपर्व छ, मंसिरमा गर्नुस् । नीति अधिवेशनमा तपाईंले सभापतिजी, एजेन्डा प्रस्तुत गरिसकेपछि प्रस्तावमा माथिबाट नै बहस गर्ने अनुमति दिनुस् ।”

देशको समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गर्न पार्टीको छुट्टै बैठक गर्नुपर्ने उनले माग गरे । देशको राजनीति बिग्रिरहेको भन्दै उनले यस्तो अवस्थामा कांग्रेस कसरी अगाडि बढ्ने भन्नेमा छलफल हुनुपर्ने बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १६:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement