site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वित्तीय संस्था र राष्ट्रिय परिचयपत्रको डाटा समेटेर केन्द्रीय ग्राहक पहिचान प्रणाली बनाइने 

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबीच ग्राहक सूचना आदानप्रदान सहज बनाउन केन्द्रीय ग्राहक पहिचान प्रणाली निर्माण र कार्यान्वयन गर्न समन्वय गर्ने बताएको छ । 

आइतबार आर्थिक वर्ष २०८०/०८१ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले केन्द्रीय ग्राहक पहिचान प्रणाली (सेन्ट्रलाइज्ड केवाईसी) निर्माण र कार्यान्वयन गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने बताएको हो । 

“बैंक तथा वित्तीय संस्था तथा अन्य भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरूबीच ग्राहकको सूचना आदानप्रदान गर्ने कार्यलाई सहज बनाउन र नेपाल सरकारले जारी गरिरहेको राष्ट्रिय परिचयपत्र (नेसनल आईडी) समेतलाई केन्द्रीय ग्राहक पहिचान (सन्ट्रलाइज्ड केवाईसी) प्रणालीमा आवद्ध हुनेगरी केन्द्रीय ग्राहक पहिचान प्रणालीको निर्माण तथा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने” मौद्रिक नीतिमा उल्लेख छ । 

यस्तै, विद्युतीय कारोबारलाई सरल, सुरक्षित एवम् प्रभावकारी बनाउन भुक्तानी तथा फछर्यौटसम्बन्धी भौतिक पूर्वाधार, कानुनी तथा नियामकीय व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

विद्युतीय भुक्तानीलाई प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय गेटवेसँग आवद्ध गर्दै नवीनतम उपकरण र प्रविधिको प्रयोगलाई जोड दिइएको र यसबाट विद्युतीय कारोबार भुक्तानी तथा फछर्यौटमा उल्लेख्य विस्तार भएको मौद्रिक नीतिमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro