अर्थ व्यवसाय

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश घुम्न जाने नेपालीहरूलाई प्रोत्साहन गरेको छ ।
राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गर्दै भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सुविधाबापत एक वर्षमा दुईपटक दुई हजार ५०० अमेरिकी डलरसम्म उपलब्ध गराइने व्यवस्था गरेको छ ।
यसअघि, एक हजार ५०० अमेरिकी डलरसम्म सटही सुविधा रहेको थियो । त्यस व्यवस्थालाई परिमार्जन गरेर दुई हजार ५०० अमेरिकी डलरसम्म साट्न पाउने व्यवस्था भएको हो ।
प्रकाशित मिति: आइतबार, साउन ७, २०८० १४:०२
प्रतिक्रिया दिनुहोस्