site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
राष्ट्र बैंकले ‘डिजिटल करेन्सी’ जारी गर्न काम अघि बढाउने
SkywellSkywell

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रा अथवा डिजिटल करेन्सी जारी गर्ने सम्बन्धमा भएको अध्ययनका आधारमा थप काम अघि बढाउने भएको छ ।

आइतबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै ‘विद्युतीय मुद्रा जारी गर्ने सम्बन्धमा भएको अध्ययनको आधारमा थप कार्य अगाडि बढाइने,’ बताएको हो ।

Dabur Nepal
NIC Asia

यस्तै, सार्वजनिक सेवा प्रवाह हुने मुख्य कार्यालयहरुमा विद्युतीय भुक्तानीका उपकरणहरुको प्रयोग गरी राजस्व संकलन गर्ने कार्यका लागि सहजीकरण गरिने समेत मौद्रिक नीतिमा उल्लेख छ ।

सूचना प्रविधिलगायतका सेवा निर्यात गरेबापतको विदेशी मुद्रा विद्युतीय माध्यमबाट भित्र्याउने व्यवस्थालाई थप प्रभावकारी बनाइने नीति राष्ट्र बैंकले अघि सारेको छ ।

यस्तै, राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ‘विद्युतीय भुक्तानीमा आबद्ध संस्थाहरुले गर्ने कारोबारको राफसाफ कार्यलाई प्रिन्सिपल्स फर फाइनान्सियल मार्केट इन्फ्रास्ट्रक्चर (पीएफएमआई)सँग सामञ्जस्य हुने गरी यस बैंकको प्रणालीमार्फत फछ्र्यौट हुने व्यवस्था मिलाइने’ बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu