site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गगनलाई मीनेन्द्रको सुझाव : संसदीय दलको नेता बन्ने आकांक्षा तत्काललाई छोड्दिनुस् 
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले महामन्त्री गगन थापालाई संसदीय दलको नेता बन्ने रहर तत्कालका लागि छोड्न सुझाव दिएका छन् । 

नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएपछि पहिलोपटक केन्द्रीय समिति बैठकमा बोलेका नेता रिजालले महामन्त्री र सभापतिबीच महामन्त्रीको त्यही आकांक्षाले द्वन्द्व गराएको बताए । 

“सभापति र महामन्त्री दुवै ०८४ मा नेपाली कांग्रेसलाई बलियो बनाउन चाहनुहुन्छ । कहाँनेर डट..भयो भने महामन्त्रीजी संसदीय दलको नेता फेर्न चाहनुहुन्छ,” रिजालले भने, “महामन्त्रीजी अहिलेलाई संसदीय दलको नेतृत्वको आकांक्षा छोडिदिनुस् ।” 

KFC Island Ad
NIC Asia

उनले देशको समस्या नै हतारमा कदम चाल्ने र फूर्सदमा पछुताउने भएको भन्दै कांग्रेसले पनि त्यो कुराबाट आफूलाई परिस्कृत गर्नुपर्ने बताए । 

“हामी खाली एउटा झन्झटमा छौँ । मैले १६ हजार आयोजना हेरेर लेखेको एउटा पुस्तक पढेको छु । आयोजनाका विषयमा तुरुन्त निर्णय गर्ने तर कार्यान्वयन कहिल्यै नहुने अवस्था त्यसमा छ,” डा. रिजालले भने, “यो अवस्था अन्त्यका लागि पहिला सोचौँ पर्याप्त सोचिसकेर मात्र कदम चालौँ ।” 

Royal Enfield Island Ad

उनले महामन्त्रीले प्रस्ताव ल्याउँदा संघीयतालाई ध्यान नदिएको बताए । 

“महामन्त्रीजीले प्रस्ताव लिएर आउँदा संघीयतालाई ध्यान दिइएन । प्रदेश, जिल्ला र स्थानीय तहले काम गर्न पाएका भए माइक्रो मेनेजमेन्टमा लाग्नु जरुरी हुँदैनथ्यो,” डा. रिजालले भने, “प्रदेश–१ का लागि नोना कोइराला महत्वपूर्ण व्यक्ति हो, बलबहादुर राई महत्वपूर्ण व्यक्तित्व हो । प्रदेशको भूमिकालाई ख्याल गरिएको र उनीहरूलाई पनि जिम्मेवारी दिइएको भए केन्द्रबाट ककसको जन्मदिवस मनाउने भनेर कार्यक्रम बनाइरहनु पर्ने थिएन ।” 

उनले सहमहामन्त्रीलाई प्रदेशको जिम्मा दिने कुरा पनि निर्वाचनको प्रयोजनले पुष्टि हुन नसक्ने बताए ।

“सहमहामन्त्रीहरू प्रदेशको जिम्मेवारी लिनेगरी निर्वाचित हुनुभएको होइन,” डा. रिजालले भने, “सहमहामन्त्रीलाई ‘थिमेटिक’ जिम्मेवारी दिउँ ।” 

उनले महिला सहमहामन्त्रीले महिला संगठन विस्तारमा केन्द्रित हुनुपर्ने भन्दै सबै क्लष्टरबाट निर्वाचित सहमहामन्त्रीले आ–आफ्नो क्लष्टरमा संगठन सुधारका गतिविधि गर्नु उचित हुने बताए । 

उनले सात प्रतिशत मत घट्दा पनि कांग्रेस सबै ठाउमा सरकारमा रहेको भन्दै तीनै सरकारबाट सुधारको अपेक्षा राखेर काम गर्नुपर्ने बताए ।

“हाम्रो गठबन्धन गर्दा सात प्रतिशत मत घटेको छ । तर, सबै ठाउँका सरकारमा छौँ,” रिजालले भने, “अहिले पार्टीका सरकारले काम गर्नुपर्यो र जनताले महसुस गर्नेगरी परिणाम दिन सक्नुपर्यो ।” 

उनले अर्थमन्त्रीलाई अर्थतन्त्र सुधारको जिम्मा मौद्रिक नीतिलाई मात्र नछोड्न आग्रह गर्दै त्यसका लागि मन्त्रालयले गर्ने काम गर्नुपर्ने बताए ।

“अर्थमन्त्रीलाई यतिमात्र सुझाव छ अर्थतन्त्र नराम्रो मात्र छैन, राम्रो पनि छ,” रिजालले भने, “खाली काम गर्नु जरुरी छ । अर्थतन्त्रको सुधारको जिम्मा मौद्रिक नीतिलाई दिने होइन । अर्थ मन्त्रालयले पनि केही गर्नुपर्ने छ । फेरि छलफल गरौंला ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १३:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro