काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य चित्रलेखा यादवले समाजका मुद्दालाई बुलन्दका साथ उठाउनुपर्ने आवश्यकता औंल्याएकी छन् ।
जारी केन्द्रीय समिति बैठकमा उनले पार्टी समाजका मुद्दाबाट टाढिँदै गएको बताइन् । पार्टीमा ब्याक्टेरिया र इन्फेक्सन छिर्न दिनुनहुने उनको भनाइ छ ।
“ब्याक्टेरिया छिर्न दिनुभएन । इन्फेक्सन छिर्न दिनुभएन । त्यसले पार्टी समाप्त गर्छ,” उनले भनिन् ।
उनले पार्टी जनताको दुःखसुखको साथी बन्नुपर्ने बताइन् । उनले पार्टी इमोसनल एचेन्टमेन्टबाट बन्ने बताउँदै त्यसको आवश्यकता औंल्याइन् ।
“इमोसनल एटेचमेन्ट कहाँ गयो ? इमोसनल एटेचमेन्ट हराएको छ । त्यो आवश्यक छ,” उनले भनिन् ।
अफ्ठ्यारोमा परेका गाउँ ठाउँका जनताका लागि कार्यक्रम लैजानुपर्ने उनले बताइन् । गुणस्तरीय शिक्षा र स्वास्थ्यको विषयमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।