site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य घट्यो 

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो । आज छापावाल सुन तोलामा एक लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो कारोबार दिन शुक्रबार उक्त सुन तोलामा एक लाख १२ हजार ८०० रुपैयाँ कारोबार भएको थियो । 

आज तेजाबी सुन तोला एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा एक हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्