site stats
बाह्रखरी :: Baahrakhari
देश
सञ्चारसचिव राउतले कामकाज गर्न पाउने

काठमाडौं । सर्वोच्च अदालतले थुनामुक्त गर्ने आदेशसँगै सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयलका सचिव कृष्णबहादुर राउतले कामकाज गर्न पाउने भएका छन् ।

न्यायाधीशद्वय प्रकाश ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले आज सचिव राउतलाई अनुसन्धान नसकिएसम्म मुलुकबाहिर जान नपाउने तर तारिखमा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश गरेसँगै उनले कामकाज गर्न पाउने भएका हुन् ।

Argakhachi Cement Island Ad

“सचिव राउतलाई थुनामुक्त गर्ने आदेश भएको छ । उहाँमाथि निलम्बन फुकुवा भएको छ । निजामती कर्मचारीमाथि फौजदारी अभियोगमा अनुसन्धान भएकै कारण कामकाज रोकिँदैन,” नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले भने, “विदेश जान मात्र रोखिएको हो, बाँकी सबै कामकाज गर्न रोकिँदैन ।”

ललितानिवास जग्गा प्रकरणमा सचिव राउतलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने आधार, कारण र औचित्य नभएको सर्वोच्च अदालतले आजै ठहर गरेको थियो । रासस

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  २१:४०
प्रतिक्रिया दिनुहोस्