देश
काठमाडौं । जिल्ला प्रशासन कार्यालय बैतडीले भोलि महाकाली नदीमा जलस्तर बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
भारतस्थित धौलीगंगा जलविद्युत परियोजनाको सिल्ट सफाइका लागि भोलि बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधको ढोका खोलिने भएकाले महाकालीको जलस्तर बढ्न सक्ने जनाइएको छ ।
आज एक सूचना निकालेर जिल्ला प्रशासन कार्यालय बैतडीले भोलि बेलुका ८ बजेसम्म र त्यसपछि पनि महाकाली नदीमा जलस्तर बढ्ने सम्भावना रहेकाले नदी किनार तटीय क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउन आग्रह गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८० २१:२०
प्रतिक्रिया दिनुहोस्