site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
खाँणको बचाउ गर्दै विश्वकर्माले भने– दोषी करार गर्नलाई कांग्रेस सर्वोच्च अदालत हो ? 

काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख समेत रहेका केन्द्रीय सदस्य मीन विश्वकर्माले दोषी हो वा होइन भनेर छुट्याउने नेपाली कांग्रेस सर्वोच्च अदालत हो भन्दै प्रश्न गरेका छन् । 

शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बालकृष्ण खाँणको बचाउमा बोलेका थिए । 

Argakhachi Cement Island Ad

उनले कांग्रेस परिवार भएको र परिवारको सदस्यमाथि कुनै अभियोग लाग्यो भने वकिल राख्नुहुन्छ कि थपक्कै स्वीकारेर जेल पठाउनुहुन्छ भन्दै प्रश्न गरे । 

“हाम्रो परिवारका कुनै सदस्य सार्वजनिक अभियोगमा मुछियो भने हामी लुकाउँछौँ कि थपक्क लगेर थानामा बुझाउँछौँ ? मलाई यत्ति जवाफ चाहियो,” उनले भने, “होइन भने, कांग्रेस एउटा घर हो, घरको एउटा सदस्यलाई आरोप लाग्यो अनि छिटो पक्रिनु भनेर डेलिगेसन जाने ?” 

केन्द्रीय सदस्य विश्वकर्माले थपे, “विश्वकर्माले भने, दोषी ठहर यही कार्यसमितिले गर्छ भने वकिल पनि राख्नुभएन वकिलले वहस पनि गर्नुभएन । अदालतले ठहर नगरुन्जेलसम्म दोषी हो कि निदोष पत्ता नलाग्दा नेपाली कांग्रेस त्यस्तो सर्वोच्च अदालतले हो त्यसले दोषी अहिले नै ठहर गर्ने ?” 

बैठकमा सार्वजनिक अभिव्यक्ति र सामाजिक सञ्जालमा पार्टी पदाधीकारीले सभापति विरुद्ध दिएको अभिव्यक्तिमा पनि उनले आपत्ति जनाए ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १५:४७
प्रतिक्रिया दिनुहोस्