site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुन तस्करी प्रकरण : छानबिनलाई निष्कर्षमा पुर्‍याउन गृहमन्त्रीको निर्देशन
SkywellSkywell

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणको छानबिनलाई निष्कर्षमा पुर्‍याउन निर्देशन दिएका छन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको अनुगमन गर्दै श्रेष्ठले छानबिन र अनुसन्धानको प्रक्रियालाई निष्कर्षमा पुराउन छानबिन समितिलाई निर्देशन दिएका हुन् ।  

भन्सार जाँचका सवै प्रक्रिया पूरा गरेर करिब एक क्विन्टल सुन भन्सारबाट निस्कनु सामान्य घटना नभएको भन्दै उनले जस्तोसुकै वा जो सुकै भए पनि कारबाहीको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको समेत निर्देशन प्राप्त भएको बताए । 

KFC Island Ad
NIC Asia

उनले आवश्यक परे नेपाल प्रहरीले राजस्व अनुसन्धान विभागलाई सहयोग गर्ने र अहिले राजस्वको छानबिन समितिलाई नै सहयोग गर्ने प्रतिवद्धता जनाए । मन्त्री श्रेष्ठले विमानस्थलको आवगमनमा  प्रहरीको उपस्थिति नरहने भएकाले अब प्रहरी राख्ने विषयमा छलफल अघि बढाउने जानकारी दिए । 

भ्रष्टाचार र अपराधका विषयमा कुनै दल नहेर्ने जिकिर पनि गरे । करिब एक सय किलो सुन बुधबार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गरेपछि गृहमन्त्री श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्त कुँवरले भन्सार कार्यालयको अनुगमन गरेका हुन् ।  

Royal Enfield Island Ad

गृहमन्त्री श्रेष्ठले विमानस्थलसँग सम्बन्धित निकायले एकअर्काको कमजोरी देखाउनेभन्दा पनि समन्वयात्मक र एकीकृत भएर काम गर्नुपर्ने बताए । “राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय सुरक्षाका दृष्टिले पनि अन्तराष्ट्रिय विमानस्थल हाम्रो पहिचान हो,” उनले भने, “यसैलाई प्रयोग गरेर हुने अपराध र राजस्व छलीविरुद्ध सबै जिम्मेवारहरू कठोर हुनुपर्छ । तर, यात्रु र पर्यटकप्रति भने विनम्र हुनुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro