site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नाट्यकर्मी अशेष मल्लमाथि लेखिएको पुस्तक सार्वजनिक

काठमाडौं । विश्वराज अधिकारी तथा ममता मृदुलद्वारा सम्पादित पुस्तक ‘अशेष मल्ल : अनुभूतिको विविध प्रवाहमा’ एक कार्यक्रमकाबीच सार्वजनिक भएको छ । पुस्तक कवि डा. विष्णुविभु घिमिरेलगायतले लोकार्पण गरे ।

नारी स्रष्टा समाज, विराटनगरले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा डा. घिमिरेले मल्ल र आफ्नो सम्बन्ध २०३२ सालमा विराटनगरमा पढ्दादेखि नै भएको बताए । उनले भने, “नाटक लेख्ने र नेपालभरि नाटक देखाउने सपना उसको (मल्लको) त्यही बेलादेखिको हो । त्यसैले ऊ निरन्तर नाटकमा लागिरह्यो । नेपाली नाट्य क्षेत्रको एउटा पहाड हो अशेष ।” 

ममता र विश्वराजले अशेष मल्लको जीवनकालमै ऊमाथि लेखेको पुस्तक समर्पण गरेर सराहनीय काम गरेको बताए ।
कार्यक्रममा आउँदासम्म आफ्नो बारेमा लेखिएको पुस्तक सार्वजनिक हुँदै छ भन्ने अशेष मल्ललाई जानकारी थिएन । मञ्चमा मोडिएको ब्यानर सिधा बनाएपछि त्यो हेरर मल्ल र उनकी पत्नी प्रा.डा. सावित्री मल्ल कक्षपति आश्चर्यचकित भएका थिए ।

सम्बोधनका क्रममा नाट्यस्रष्टा अशेष मल्लले भावुक हुँदै नाटकप्रतिको आफ्नो पागलपनले नै आफूलाई यहाँसम्म ल्याइपुर्याएको बताए । उनले भने, “कामप्रति पागलपन भएन भने कुनै काम गर्न सकिँदैन । त्यसैले सर्वनाम जन्मायो । त्यसैले सर्वनाम नाट्य घरको जग हाल्यो ।”

सामान्यतया एक दुई मिनेटमा आफ्नो सम्बोधन पूरा गर्ने मल्लले लामो बोल्दै सर्वनाम स्थापनाको आफ्नो अनुभूति बताएका थिए । 

कार्यक्रममा लेखक खेमराज पोखरेलले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै स्रष्टाको जीवनकालमै कृति आउनु स्तुत्य रहेको बताए ।

सम्पादकद्वय ममता र विश्वराजले बितेको एक वर्षदेखि आफूहरू यस काममा खटिएको बताए । पुस्तकभित्र सम्पादकहरू, डा. घिमिरेसहित १८ जनाले अशेष मल्लको व्यक्तित्व र कृतित्वबारे लेखेका छन् । उक्त अवसरमा प्रा.डा. कक्षपति, श्रीओम श्रेष्ठ रोदन, लक्ष्मीकृष्ण श्रेष्ठ, रञ्जना निरौलाले बोलेका थिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro