देश
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी प्रकरणमा जोडिएका एकजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
गोप्य सूचनाका आधारमा अध्यागन विभागले चिनियाँ नागरिक लिङ चुवानलाई पक्राउ गरेको हो । उनलाई राजस्व अनुसन्धान विभागमा बुझाइएको छ ।
अध्यागन विभागका महानिर्देशक झलकराम अधिकारीका अनुसार चुवान चीन जान लागेका थिए ।
“प्रहरीले हामीलाई चिनियाँ नागरिक सुन तस्करी प्रकरणमा जोडिएको र उनी चीन जान लागेको जानकारी दिएको थियो । सोही सूचनाका आधारमा चिनियाँ नागरिक लिङ चुवानलाई विमानस्थलबाट पक्राउ गरिएको हो,” उनले भने, “हामीले उनलाई राजस्व विभागको जिम्मा लगाएका छौँ ।”
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८० १६:५७
प्रतिक्रिया दिनुहोस्