site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'भ्रष्टाचारी नेता स्वतः निलम्बन हुने व्यवस्था गरौँ, छानबिन गर्न सरकारलाई दबाब दिऔँ'
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा भ्रष्टाचारमा दोषी देखिएका नेतालाई कारबाही गर्नुपर्ने आवाज उठेको छ । बिहीबार बैठकमा बोल्दै केन्द्रीय सदस्य मधु आचार्यले बैठकले नीतिगत निर्णय गरेर अख्तियार दुरुपयोग गरेकाहरूको सम्बन्धमा दोषी देखिए स्वतः निलम्बन हुने व्यवस्था गर्न माग गरे । 

“एउटा नीतिगत निर्णय नै गरौँ कि अख्तियार अख्तियार दुरुपयोग गरेको वा भ्रष्टाचारको कुनै पनि घटनामा पार्टीको नेता वा सदस्य दोषी देखिएमा तत्काल निलम्बन भएको स्वतः मानिने छ भनौँ,” उनले भने । 

KFC Island Ad
NIC Asia

उनले बहुचर्चित भ्रष्टाचार काण्डको छानबिन गर्न पार्टीले सरकारलाई दबाब दिनुपर्ने बताए । यसका लागि सडकमा उत्रिएर भए पनि वातावरण सिर्जना गर्नुपर्ने माग उनको छ । 

“बहुचर्चित भ्रष्टाचार काण्डको छानबिन गर्न सरकारलाई कांग्रेसले दाबाब दिनुपर्छ । आवश्यक परे सडकमा उत्रिन हामी तयार हुनुपर्छ । छानबिनको क्रममा दोषी देखिए, यो त्यो मन्त्री, राज्यमन्त्री, पूर्वमन्त्री, प्रधानमन्त्री भनेर हुँदैन कारबाहीको दायराभित्र ल्याउन  दबाब दिनुपर्छ । व्यक्ति हैन एजेन्डा हेर्छ भन्ने कुरा स्थापित गर्न जरुरी छ,” उनले भने ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro