site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस भ्रष्टाचार भनेपछि मुख थुन्छ, कानमा रुइ हाल्छ भन्ने जनमानसमा छ : प्रकाश स्नेही 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले जनमानसमा कांग्रेस भ्रष्टाचानर भन्नेबित्तिकै मुख थुन्छ, कानमा रुइ हाल्छ भन्ने भाष्य निर्माण भइरहेको बताएका छन् ।

बिहीबार केन्द्रीय कार्यसमितिको बैठकमा उनले भ्रष्टाचारविरुद्ध अभियान चलाउन आवश्यक रहेको बताए । “सामाजिक सञ्जालमा कांग्रेस भ्रष्टाचार भन्नेबित्तिकै मुख थुन्छ, कानमा रुइ हाल्छ भन्ने छ, यो क्यालेन्डरमा सुशील कोइरालाका नाममा एक साता लामो भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्नु जरुरी छ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

केन्द्रीय सदस्य स्नेहीले कांग्रेसले कसका लागि राजनीति गरेको भन्दै प्रश्न गरे । “संसदीय व्यवस्थामा रहेका राजनीतिक दल जनताको विश्वास जितेका दिनसम्म जीवित रहन्छन्, आठ लाख ६६ कार्यकर्ताका लागि मात्रै राजनीति गरिरहेका छौँ कि दुई करोड जनताका लागि पनि गरिरहेका छौँ ?,” उनले भने, “जनआन्दोलनमा सभापति जेलमा हुनुहुन्थ्यो, त्यो बेला जन्मिएको बच्चा अहिले मतदाता बनेको छ, ऊ अहिले पढ्न विदेश जाने तयारीमा छ, तर विदेशमा जन्मेकाहरू नेपालमा पढ्न जाने भन्ने बनाउने कहिले ? महामन्त्रीको कार्ययोजनामा महिला हिंसा र सामाजिक न्यायका विषयमा किन नबोलेको ?”

महामन्त्रीलाई विधानले अधिकार नै नदिएको उनको भनाइ छ । “पार्टीको विधानमा कसले के काम गर्ने भनेर प्रस्ट लेखेको छ । सभापतिज्यू, यो विधानमा भएको कुरा भदौ मसान्तसम्म अक्षरशः पालना गर्नुस् । विचरा महामन्त्री भन्न चाहन्छु ! विधानमा अधिकार रै’नछ । चरी जेलैमा ! त्यसकारण महामन्त्री र सभापतिजीबीच समन्वय हुनुपर्छ । शेखर दाइले सहयोग गर्नुभएको छ,” उनले भने ।

Global Ime bank

एक वर्षसम्म केन्द्रीय समिति बैठक नबस्दा कसैलाई ठिक नलाग्ने पनि उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय